AGVETNEPAL — Online Quiz

राष्ट्रिय कृषिवन नीति – २०१९

25 Questions −0.25 Negative Marking
AGVETNEPAL Loksewa Quiz
10:00
0 of 25 answered
0 0 25
Skipped
1

नेपालको राष्ट्रिय कृषिवन नीति मन्त्रिपरिषद्‌बाट कुन वर्ष स्वीकृत भएको हो ?

✓ Correct Answer: C. २०१९
Explanation: यो नीति २०१९ जुन २३ (२०७६ असार ९) मा मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको हो।
Skipped
2

राष्ट्रिय कृषिवन नीति २०१९ कुन मन्त्रालयद्वारा जारी गरिएको हो ?

✓ Correct Answer: C. कृषि तथा पशुपन्छी विकास मन्त्रालय
Explanation: यो नीति कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबार, काठमाडौंद्वारा जारी गरिएको हो।
Skipped
3

नेपालमा कृषि जमिनमा रूख रोप्ने काम सर्वप्रथम कहाँबाट सुरु भएको थियो ?

✓ Correct Answer: C. बारा
Explanation: सन् १९७२ मा बारा जिल्लाको तमंगढीबाट सुरु भई पछि तराईका अन्य जिल्लामा विस्तार गरियो।
Skipped
4

राष्ट्रिय कृषिवन नीति २०१९ मा कति वटा मुख्य उद्देश्यहरू छन् ?

✓ Correct Answer: C. ५
Explanation: नीतिको दफा ५ मा जम्मा ५ वटा उद्देश्यहरू (५.१ देखि ५.५ सम्म) उल्लेख छन्।
Skipped
5

तलमध्ये कुन कुरा कृषिवन नीति २०१९ को उद्देश्यमा परेको छैन?

✓ Correct Answer: C. राष्ट्रिय कृषिवन अनुसन्धान विश्वविद्यालय स्थापना गर्ने
Explanation: राष्ट्रिय कृषिवन अनुसन्धान विश्वविद्यालय स्थापना गर्ने नीतिको कुनै पनि उद्देश्यमा उल्लेख छैन।
Skipped
6

AFIMCC को पूरा नाम के हो ?

✓ Correct Answer: B. Agroforestry Inter-Ministerial Coordination Committee
Explanation: AFIMCC भनेको कृषिवन अन्तर-मन्त्रालय समन्वय समिति (Agroforestry Inter-Ministerial Coordination Committee) हो।
Skipped
7

कृषिवन अन्तर-मन्त्रालय समन्वय समितिको संयोजक को हुन्छ ?

✓ Correct Answer: C. कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव
Explanation: कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव AFIMCC को संयोजक हुन्छन्।
Skipped
8

राष्ट्रिय कृषिवन नीतिको कार्यान्वयन, अनुगमन र मूल्यांकनमा अग्रणी भूमिका कुन मन्त्रालयको छ ?

✓ Correct Answer: D. कृषि तथा पशुपन्छी विकास मन्त्रालय
Explanation: कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नीतिको कार्यान्वयन, अनुगमन र मूल्यांकनमा अग्रणी भूमिका निर्वाह गर्छ।
Skipped
9

समन्वय समितिले कृषिवन नीतिको समीक्षा कति समयमा एक पटक गर्छ ?

✓ Correct Answer: B. हरेक वर्ष
Explanation: दफा १०.१ अनुसार समन्वय समितिले प्रत्येक वर्ष नीतिको समीक्षा गरी प्रतिवेदन पेश गर्छ।
Skipped
10

नेपाल सरकारले कृषिवन नीतिको आधिकारिक समीक्षा कति वर्षमा एक पटक गर्छ ?

✓ Correct Answer: D. हरेक ५ वर्षमा
Explanation: दफा १०.२ अनुसार नेपाल सरकारले समन्वय समितिको प्रतिवेदनका आधारमा प्रत्येक पाँच वर्षमा नीतिको समीक्षा गर्छ।
Skipped
11

नीतिले वन विकासका लागि कुन खाले जमिनलाई प्राथमिकता दिइएको छ ?

✓ Correct Answer: C. खाली, बाँझो, पर्ती र सीमान्त जमिन
Explanation: नीति ६.५ मा खाली, बाँझो, पर्ती र सीमान्त जमिनमा कृषिवन प्रणालीलाई प्राथमिकता दिने स्पष्ट उल्लेख छ।
Skipped
12

उच्च पहाड र हिमाली क्षेत्रका लागि कुन कृषिवन मोडेल सिफारिस गरिएको छ ?

✓ Correct Answer: C. जडीबुटी आधारित
Explanation: नीति ६.६.१ अनुसार उच्च पहाड र हिमाली क्षेत्रमा जडीबुटी आधारित कृषिवन प्रणाली प्रवर्द्धन गरिन्छ।
Skipped
13

तराई र समथर भूमिका लागि कुन कृषिवन मोडेल उपयुक्त मानिएको छ ?

✓ Correct Answer: B. खाद्यान्न, दलहन र तेलहन बाली आधारित
Explanation: नीति ६.६.१ अनुसार तराई र समथर भूमिमा खाद्यान्न, दलहन र तेलहन बाली आधारित कृषिवन प्रणाली प्रवर्द्धन गरिन्छ।
Skipped
14

मध्यपहाड क्षेत्रका लागि कुन कृषिवन मोडेल सिफारिस गरिएको छ ?

✓ Correct Answer: D. फलफूल रूख आधारित
Explanation: नीति ६.६.१ अनुसार मध्यपहाड क्षेत्रमा फलफूल रूख आधारित कृषिवन प्रवर्द्धन गरिन्छ।
Skipped
15

नीतिले कृषिवन क्षेत्रमा ऋण लिन कुन नयाँ व्यवस्था अघि सारेको छ ?

✓ Correct Answer: B. रूखलाई धितोको रूपमा प्रयोग गरी ऋण लिन सकिने
Explanation: नीति ६.४.१ अनुसार रूखलाई धितोको रूपमा राखेर ऋण लिन सक्ने व्यवस्था मिलाइनेछ।
Skipped
16

वन क्षेत्र रणनीति (Forestry Sector Strategy) जसले निजी वन व्यवस्थापनलाई प्रमुख कार्यक्रम मानेको छ, कुन अवधिको हो ?

✓ Correct Answer: C. २०१६–२०२५
Explanation: वन क्षेत्र रणनीति २०१६–२०२५ ले निजी वन व्यवस्थापनलाई प्रमुख कार्यक्रमका रूपमा उल्लेख गरेको छ।
Skipped
17

नेपालको कृषि विकास रणनीति कुन वर्ष तयार गरिएको थियो ?

✓ Correct Answer: A. २०७१ (२०१४)
Explanation: कृषि विकास रणनीति २०७१ (२०१४) मा तयार गरिएको थियो र यसले एकीकृत भूमि व्यवस्थापनका लागि कृषिवनमा जोड दिएको छ।
Skipped
18

नेपालमा कृषिवन विस्तारमा मुख्य चुनौतीका रूपमा के पहिचान गरिएको छ?

✓ Correct Answer: B. कृषिवन उत्पादनका लागि आकर्षक मूल्यसहितको बजारको अभाव
Explanation: नीतिमा आकर्षक मूल्यसहितको बजारको अभावलाई कृषिवन प्रभावकारी रूपमा विस्तार नहुनुको मुख्य कारण भनिएको छ।
Skipped
19

कृषिवनमार्फत कम श्रमसाध्य स्वरोजगारका अवसर विशेष गरी कसका लागि सिर्जना हुन सक्ने उल्लेख छ ?

✓ Correct Answer: B. महिलाहरूका लागि
Explanation: नीतिमा कृषिवनमार्फत महिलाहरूका लागि विशेष गरी कम श्रमसाध्य स्वरोजगारका अवसर सिर्जना हुन सक्ने उल्लेख छ।
Skipped
20

AFIMCC मा नेपाल कृषि अनुसन्धान परिषद् र सम्बन्धित विश्वविद्यालयबाट कति जना प्रतिनिधि सदस्य हुन्छन् ?

✓ Correct Answer: B. २
Explanation: दफा ७.१ को (च) अनुसार नेपाल कृषि अनुसन्धान परिषद् र सम्बन्धित विश्वविद्यालयबाट २ जना प्रतिनिधि AFIMCC का सदस्य हुन्छन्।
Skipped
21

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थासँग सहकार्य गरी स्रोत जुटाउने जिम्मेवारी कसको हो ?

✓ Correct Answer: C. कृषिवन अन्तर-मन्त्रालय समन्वय समिति
Explanation: दफा ८.३ अनुसार AFIMCC ले अर्थ मन्त्रालयको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूसँग मिलेर स्रोत जुटाउँछ।
Skipped
22

नीति अनुसार कुन दुई मन्त्रालयमा एक-एक जना कृषिवन फोकल अधिकृत हुनुपर्छ ?

✓ Correct Answer: B. कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय
Explanation: दफा ७.२.३ अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय प्रत्येकमा एक-एक जना कृषिवन फोकल अधिकृत हुनुपर्छ।
Skipped
23

नीति ६.६.४ अनुसार कुन प्रकारका प्रकोप न्यूनीकरण गर्न उपयुक्त कृषिवन प्रणाली पहिचान गर्नुपर्छ ?

✓ Correct Answer: C. बाढी, पहिरो र भू-क्षय
Explanation: नीति ६.६.४ अनुसार नदी किनारा कटान, भू-क्षय नियन्त्रण तथा बाढी र पहिरो न्यूनीकरणका लागि उपयुक्त कृषिवन प्रणाली पहिचान गरी कार्यक्रम लागू गरिनेछ।
Skipped
24

कृषिवन प्रवर्द्धनसम्बन्धी व्यवस्था समेटिएको राष्ट्रिय वन नीति कुन वर्ष तयार भएको थियो ?

✓ Correct Answer: B. २०७५ (२०१८)
Explanation: राष्ट्रिय वन नीति २०७५ (२०१८) मा कृषिवन विकास र प्रवर्द्धनसम्बन्धी नीतिगत व्यवस्था समावेश गरिएको हो।
Skipped
25

नीति ले निजी र लीजहोल्ड वनमा के प्रवर्द्धन गर्ने भनेको छ ?

✓ Correct Answer: B. चिया/कफी र अन्य बहुतहे नगदे बाली तथा फलफूल खेती
Explanation: नीति ६.६.३ अनुसार वनको अवस्थामा प्रतिकूल असर नपार्ने गरी निजी र लीजहोल्ड वनमा चिया/कफी तथा बहुतहे नगदे बाली र फलफूल खेती प्रवर्द्धन गरिनेछ।
🎓
Quiz Complete! Here’s how you did
0/ 25
0Correct
0Wrong
0Skipped
📝 Submit Quiz? Are you sure you want to submit? Unanswered questions will be marked as skipped.
Powered by AGVETNEPAL — Loksewa Preparation Platform

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top