बीउ बिजन नियमावली, २०८१

AGVETNEPAL — Online Quiz

बीउ बिजन नियमावली, २०८१ (Seed Regulation 2081 )

25 Questions −0.25 Negative Marking
AGVETNEPAL Loksewa Quiz
10:00
0 of 25 answered
0 0 25
Skipped
1

बीउ बिजन नियमावली, २०८१ कुन नियमावली खारेज गरेर बनाइएको हो?

✓ Correct Answer: B. बीउ बिजन नियमावली, २०६९
Explanation: नियम ३३(१): बीउ बिजन नियमावली, २०६९ खारेज गरिएको छ।
Skipped
2

स्थानीय बीउ बिजन भन्नाले कम्तीमा कति वर्षभन्दा पहिलेदेखि खेती भइरहेका बाली बुझिन्छ?

✓ Correct Answer: C. ५० वर्ष
Explanation: नियम २(ञ): कम्तीमा पचास वर्षभन्दा पहिलेदेखि खेती भइरहेका बाली।
Skipped
3

बीउ बिजन नियमावली २०८१ को प्रमाणीकरण र प्रकाशन मिति ?

✓ Correct Answer: B. २०८१।०७।२९
Explanation: नियमावलीको प्रारम्भमा उल्लिखित मिति: २०८१।०७।२९
Skipped
4

बीउ बिजन नियमावली, २०८१ मा कति वटा उपसमितिहरूको व्यवस्था छ?

✓ Correct Answer: B. ३ वटा
Explanation: नियम ३(१): प्राविधिक उपसमिति, जात अनुमोदन/उन्मोचन/दर्ता उपसमिति, र गुणस्तर निर्धारण तथा व्यवस्था उपसमिति — ३ वटा।
Skipped
5

प्राविधिक उपसमितिको अध्यक्ष को हुन्छ?

✓ Correct Answer: A. प्रमुख, बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र
Explanation:
Skipped
6

जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिको अध्यक्ष को हुन्छ?

✓ Correct Answer: D. महानिर्देशक, कृषि विभाग
Explanation:
Skipped
7

गुणस्तर निर्धारण तथा व्यवस्था उपसमितिको अध्यक्ष को हुन्छ?

✓ Correct Answer: C. कार्यकारी निर्देशक, NARC
Explanation:
Skipped
8

नेपालमा विकास गरिएको बीउको किस्म उन्मोचनका लागि कम्तीमा कति मौसम परीक्षण हुनुपर्छ?

✓ Correct Answer: A. ३ मौसम
Explanation: नियम ९(१)(क): कम्तीमा तीन मौसम (सिजन) सम्म निरन्तर बालीको अध्ययन परीक्षण।
Skipped
9

तराईमा सहभागितात्मक जातीय परीक्षणको लागि कम्तीमा कति वटा स्थल चाहिन्छ? (खाद्यान्न/दलहन/तेलहन बाली)

✓ Correct Answer: C. चार वटा
Explanation: अनुसूची–१: तराईमा कम्तीमा चार वटा स्थल, मध्य पहाडमा तीन वटा, उच्च पहाडमा दुई वटा।
Skipped
10

Seed Without Border सम्झौता बमोजिम उन्मोचन भएका बीउको दर्ताका लागि कम्तीमा कति मौसम सहभागितात्मक जातीय परीक्षण हुनुपर्छ?

✓ Correct Answer: C. १ मौसम
Explanation: नियम ९(१)(च): कम्तीमा एक मौसम (सिजन) सहभागितात्मक जातीय परीक्षण।
Skipped
11

प्राथमिकता प्राप्त बालीका आयातित बीउको दर्ताका लागि कम्तीमा कति मौसम परीक्षण गर्नुपर्छ?

✓ Correct Answer: B. २ मौसम
Explanation: नियम ९(१)(ख): कम्तीमा दुई मौसम (सिजन) सम्म निरन्तर जातीय उत्कृष्टता परीक्षण।
Skipped
12

अनुसूची–३ मा उल्लिखित प्राथमिकता प्राप्त बाली कुन हो?

✓ Correct Answer: B. उखु
Explanation: अनुसूची–३: धान, मकै, गहुँ, कोदो, फापर, आलु, केरा, मुसुरो, भटमास, रहर, राजमा, सूर्यमुखी, तोरी/सस्यौँ, उखु — कुल १४ वटा।
Skipped
13

खाद्यान्न बालीको बीउको गुणस्तरको अवधि परीक्षण मितिले कति सम्म हुन्छ?

✓ Correct Answer: A. ६ महिनासम्म
Explanation: नियम १३(५)(क): नेपालमा उत्पादित तथा आयातित खाद्यान्न बालीको बीउको गुणस्तरको अवधि परीक्षण मितिले छ महिनासम्म।
Skipped
14

बिक्री वितरण अनुमतिपत्रको अवधि कति हुन्छ?

✓ Correct Answer: A. १ वर्ष
Explanation: नियम १६(४): बिक्री वितरण अनुमतिपत्रको बहाल रहने अवधि एक वर्षको हुन्छ।
Skipped
15

मूल/स्रोत बीउ उत्पादन, वर्णशंकर बीउ उत्पादन र जातीय विकास सम्बर्द्धन अनुमतिपत्रको अवधि कति हुन्छ?

✓ Correct Answer: C. ३ वर्ष
Explanation: नियम २१(५): उपनियम (४) बमोजिम प्रदान गरिएको अनुमतिपत्रको अवधि तीन वर्षको हुन्छ।
Skipped
16

अनुमतिपत्र खारेज भएपछि पुन: अनुमतिपत्र प्रदान नगरिने अवधि कति हो?

✓ Correct Answer: B. २ वर्ष
Explanation: नियम १८(६): अनुमतिपत्र खारेज भएपछि सम्बन्धित व्यक्ति वा संस्थालाई दुई वर्षसम्म पुन: अनुमतिपत्र प्रदान गरिने छैन।
Skipped
17

जातीय विकास तथा सम्बर्द्धन अनुमतिपत्रको दस्तुर कति हो?

✓ Correct Answer: C. रू. २,०००।-
Explanation:
Skipped
18

बीउ निरीक्षक तथा विश्लेषकको परीक्षा उत्तीर्ण भएपछि कति दिनको आधारभूत तालिम लिनुपर्छ?

✓ Correct Answer: B. पाँच कार्यदिन
Explanation: नियम २६(१): कम्तीमा पाँच कार्यदिनको आधारभूत तालिम।
Skipped
19

प्रयोगशालाबाट प्राप्त नमूनामध्ये कम्तीमा कति प्रतिशत नमूना नेपाल सरकारले स्थापना गरेको प्रयोगशालामा पठाउनुपर्छ?

✓ Correct Answer: B. १० प्रतिशत
Explanation:
Skipped
20

परीक्षणको लागि प्राप्त गार्ड नमूना परीक्षण पश्चात कम्तीमा कति वर्षसम्म भण्डारण गर्नुपर्छ?

✓ Correct Answer: A. १ वर्ष
Explanation: नियम २९(१)(घ): गार्ड नमूना परीक्षण पश्चात कम्तीमा एक वर्षसम्म बीउको गुणस्तर कायम रहने गरी सुरक्षित साथ भण्डारण गर्ने।
Skipped
21

सूचित/पञ्जीकृत बीउको निकासी वा पैठारी स्वीकृतिको अवधि कति हुन्छ?

✓ Correct Answer: A. ३ महिना
Explanation: अनुसूची–१४: स्वीकृति जारी भएको मितिले तीन महिनासम्म बहाल रहन्छ।
Skipped
22

बीउको निकासी/पैठारी गरेको वार्षिक कारोबार विवरण आर्थिक वर्ष समाप्त भएको कति दिनभित्र समितिमा पेश गर्नुपर्छ?

✓ Correct Answer: C. ९० दिन
Explanation: नियम २०(६): आर्थिक वर्ष समाप्त भएको मितिले नब्बे दिनभित्र अनुसूची–१५ को ढाँचामा समितिमा पेश गर्नुपर्छ।
Skipped
23

बीउ जफत सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार कसलाई हुन्छ?

✓ Correct Answer: C. केन्द्रको प्रमुख
Explanation: नियम ३१: मुद्दा हेर्ने अधिकारी — केन्द्रको प्रमुख।
Skipped
24

निजी व्यक्ति वा संस्थाले सञ्चालन गर्ने प्रयोगशालाको अनुमतिपत्र नवीकरण दस्तुर कति हो?

✓ Correct Answer: C. रू. १,०००।-
Explanation: अनुसूची–१०: निजी प्रयोगशालाको नवीकरण दस्तुर रू. १,०००।-
Skipped
25

बीउ निरीक्षक वा विश्लेषकको अनुमतिपत्र नवीकरण गराउन म्याद सकिनु अगाडि कम्तीमा कति दिन निवेदन दिनुपर्छ?

✓ Correct Answer: C. १५ दिन
Explanation: नियम २७(१): म्याद समाप्त हुनुभन्दा कम्तीमा पन्ध्र दिन अगाडि नवीकरण गराउनुपर्छ।
🎓
Quiz Complete! Here’s how you did
0/ 25
0Correct
0Wrong
0Skipped
📝 Submit Quiz? Are you sure you want to submit? Unanswered questions will be marked as skipped.
Powered by AGVETNEPAL — Loksewa Preparation Platform
Scroll to Top